नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा

नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ।

गृह मन्त्रालयद्वारा शुक्रबार जारी सरुवा सूचीमा महानगरीय प्रहरी प्रमुखमा अशोक सिंह आएका छन्। यस्तै महानगरीय प्रहरी परिसर, ललितपुरमा किरण बज्राचार्यको सरुवा भएको छ।

यसअघिका प्रहरी प्रमुख श्यामलाल ज्ञवालीलाई भने प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखामा सरुवा गरिएको छ। 

त्यस्तै, ललितपुरका प्रमुख टेकप्रसाद राईलाई प्रहरी प्रधान कार्यालय, कार्य विभाग कार्य महाशाखा नक्सालमा सरुवा गरिएको छ।