सहदेव खड्का र सन्तोषकुमार ढकाल लाई उपरथी दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ — प्रधानसेनापति पूर्णचन्द्र थापाले सहदेव खड्का र सन्तोषकुमार ढकाललाई शुक्रबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

खड्का र ढकाललाई मंसिर ३ गते बसेको मन्त्रिपरिषद् बैंठकले सहायक रथीबाट उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

नेपाली सेनाका अनुसार उपरथी खड्कालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा र उपरथी ढकाललाई पूर्वी पृतना मुख्यालयको पृतनापति पदस्थापन गरिएको छ ।

शुक्रबारै सोही कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नति भएका अन्य चार जना महासेनानीहरुलाई पनि प्रधानसेनापति थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।