थप १३०४ जनामा कोरोना संक्रमण, २०७३ जना डिस्चार्ज

नेपालमा थप १३०४  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ भने अहिलेसम्म २ लाख १६ हजार ५९४ जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १५२९  पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार २०७३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।