थप १२७२ जनामा कोरोना संक्रमण

नेपालमा थप १२७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ भने अहिलेसम्म २ लाख २१ हजार ८४७ जना संक्रमणमुक्त भएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १५६७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार १५७५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
