तपाईंले शासन गर्ने नैतिक शक्ति गुमाइसक्नु भयो : कांंग्रेस

काठमाडौं, मंसिर २३ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गर्ने नैतिक शक्ति गुमाइसकेको आरोप लगाएको छ। 

प्रधानमन्त्री ओलीको आह्वानमा मंगलबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा कांग्रेसका नेताहरुले प्रधानमन्त्री ओलीले शासन गर्ने नैतिक शक्ति गुमाएको भन्दै सरकारको चर्को आलोचना गरेका हुन्। 

बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको र कोरोना नियन्त्रण गर्न पनि असफल भएको आरोप लगाए। 

पौडेलले प्रधानमन्त्री ओली आफ्ना आफन्त र मन्त्रीहरुका भ्रष्टाचारका आरोपहरुको ढाकछोप गर्न आफैँ अघि सरेको पनि आरोप लगाए।  ‘तपाईं आफ्ना आफन्त र मन्त्रीहरुका भ्रष्टाचारका आरोपहरु ढाकछोप आफैँ अगाडि सरेर गर्नुहुन्छ,’ बैठकमा पौडेलले भने,‘ देशमा भ्रष्टाचारको बिगबिगी छ। तर, ठूला भ्रष्टाचार काण्ड चलाउन नसक्ने अवस्थामा किन सरकार र अख्तियार पुगे?’

पौडेलले पछिल्लो समय सरकारले अदालतलाई पनि पभावमा पारेको आरोप लगाएका थिए।  पौडेलले झण्डै दुई तिहाइ बहुमतको सरकार भएपनि अहिले जनतालाई परेको सममस्या’bout कुनै चिन्ता नलिएको आरोप लगाए। 

कोरोना महामारी रोक्न प्रभावकारी काम गर्न सरकारले नसकेको भन्दै पौडेलले प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए। ‘अहिले जनतालाई परेको समस्या’bout कुनै सोच्नु भएको छ,’ पौडेलले प्रधानमन्त्री ओलीलाई सोधे,‘कोरोना रोकथाम गर्न के के गर्नु भएको छ? ’

पौडेलले राष्ट्रपतिको अनावश्यक तामझामको पनि विरोध गरेका थिए। उनले बैठकमा भने,‘राजा के कारणले हटाइयो ? त्यसलाई बिर्सेर राष्ट्रपतिको जुन तामझाम देखिएको छ, त्यसकै प्रभाव सडकमा देखिन थालेको छ।’ 

पौडेलले राष्ट्रपतिको तामझामकै कारण जनतामा निराशा पैदा भएको र प्रतिगामीहरु सल्बलाउन थालेको बताए। पौडेलले संसद हठातमा अन्त्य गरेर अध्यादेशमार्फत शासन चलाउने सुविधाको बाटो किन रोकेको भन्ने प्रश्न पनि गरेका थिए। 

‘संसद अधिवेशन चाँडो अन्त्य गरेर अध्यादेशले शासन चलाउने सुविधाको बाटो किन रोज्नुभयो? दल विभाजन विधेयक किन खोज्नुभयो ?’ पौडेलले बैठकमा प्रश्न गरे।

पौडेलले संसद अधिवेशन तत्काल बोलाउन पनि माग गरे। ‘संसद अधिवेशन चाँडो बोलाउनुस्। प्रतिगामीको धज्जी त्यहीबाट उडाइन्छ,’ उनले भने,‘संसदबाट संकल्प प्रस्ताव पारित पनि गरौँला।’ 

यस्तै, बैठकमा कांग्रेस उपसभापति विमलेन्द्र निधिले संघीयता कमजोर पार्ने काम सरकारबाटै भइरहेको बताएका थिए। सरकार हरेक क्षेत्रमा असफल भएको बताउँदै निधिले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका अधिकार प्रयोग गर्न केन्द्र सरकारले नदिएको आरोप लगाए।

बैठकमा उपसभापति निधिले मुलुकको समसामयिक राजनीति’bout सत्तासीन दल नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहालका पत्र हेरेर जनताले थाहा पाइसकेको बताएका थिए। 

‘तपाईंहरु देश, जनता, संविधान र संघीयताप्रति कति इमान्दार हुनुहुन्छ भन्ने कुरा अब जनताले थाहा पाइसके,’ निधिले भने। 

बैठकको सुरुमै प्रधानमन्त्री ओलीले मुलुकमा पछिल्लो समय प्रतिगमनकारी शक्ति सलबलाएको बताएका थिए। उनले भनेका थिए,‘अहिले दिनहुँ सडकमा हामीले देखिरहेका छौंँ कि के भइरहेको छ भन्ने। त्यसैले अब हामी एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन।’ 

सर्वदलीय बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विजयकुमार गच्छदार र विमलेन्द्र निधि, सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला सहभागी थिए।