एआइजीको दरबन्दी थप नगर्न राज्य व्यवस्था समितिको निर्देशन

प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिएको छ।

गृहमन्त्री रामबहादुर थापा बादललाई बोलाएर बुधबार बसेको राज्य व्यवस्था समितिले एआइजीको दरबन्दी थप गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको छ।