काठमाडौँको नेपाली कांग्रेसको विरोध जुलुस हेर्नुहोस् तस्विरमा

काठमाडौं, मंसिर २९ : प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारविरुद्ध देशव्यापी प्रदर्शन सुरु गरेको छ। देशका प्रमुख शहरहरुमा प्रदर्शन सुरू भएको समाचार आएका छन्।

सरकार भ्रष्टचार, कूशासन र अधिनायकवादतर्फ उन्मुख भएको जनाउँदै कांग्रेसले देशव्यापी प्रदर्शन सुरु गरेको हो। मेचीदेखि महाकालीसम्मका प्रमुख शहरमा प्रदर्शन सुरू भएको कांग्रेसले जनाएको छ।

राजधानी काठमाडौंमा पनि कांग्रेसको प्रदर्शन सुरु भएको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट जुलुस निस्कन थालेको छ।

आजको प्रदर्शनमा कांग्रेसका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले मकवानपुरमा प्रदर्शनलाई सम्बोधन गर्ने भएका छन्। त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौंको शान्तिबाटिकामा प्रदर्शनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा. शशांक कोइराला मोरङ, सहमहामन्त्री डा. प्रकाशशरण महत झापा, सहमहामन्त्री सुनिलबहादुर थापा धनकुटामा सम्बोधन गर्ने तयारीमा रहेका छन्।

यस्तै पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रेपलाञ्चोक, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषा, पूर्वसहमहामन्त्री अजुर्ननरसिंह केसी कास्की, केन्द्रीय सदस्य डा. रामशरण महत चितवन, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव सप्तरी, केन्द्रीय सदस्य गगन थापा कैलालीमा सम्बोधन गर्ने भएका छन्।