संसद विघटनविरुद्ध प्रदर्शनमा कृष्ण पहाडी सहित १६ पक्राउ


काठमाडौं, पुस ६ : प्रहरीले संसद विघटनविरुद्ध प्रदर्शन गर्ने समूहलाई पक्राउ गरेको छ। सोमबार बिहान सिंहदरबार अगाडि पुगेका कृष्ण पहाडी सहित १६ अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार सरकारले असंवैधानिक रूपमा संसद विघटन गरी मध्यावधि निर्वाचनको मिति तोकिएपछि देशभर यसको विरोध प्रदर्हन भइरहेको छ।

प्रदर्शनमा उनीहरूले ‘संसद विघटन लोकतन्त्रको सबैभन्दा ठूलो उपहास हो,’ प्रतिनिधि सभा विघटन असंवैधानिक अलोकतान्त्रिक र स्वेच्छाचारी’ लेखिएको प्लेकार्ड बोकेका थिए।

प्रतिगमन बिरुद्ध शान्ति समाजको आन्दोलन प्रारम्भ


असंबैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक तवरमा गरिएको प्रतिनीधि सभा बिघटन बिरुद्ध मानव अधिकार तथा शान्ति समाजले आन्दोलन प्रारम्भ गरेको छ ।

यस क्रममा आज पुस ६ गते  प्रधानमन्त्री कार्यालय सिंहदरबार दक्षिण ढोका अगाडि शान्ति समाजद्वारा आयोजित बिरोध प्रदर्शनका क्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, पुर्व महासचिव कुमारराज सुवेदी, सचिव बलबहादुर गाहा मगर, काठमाडौ शाखा सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, अधिकारकर्मीहरु अमृतजंग महत, ईश्वर पुडासैनी, माँया भट्टराई, महेश आचार्य, बच्चुराम शर्मा, विकास थापा, किरण ढकाल, चिरञ्जीवी खड्का, तुलसीराम भण्डारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।  


प्रधानमन्त्री केपी शर्मा ओलीको सनक र राष्ट्रपति बिद्यादेवी भण्डारीको मिलेमतोका कारण प्रतिनीधि सभा बिघटन हुनु निन्दनीय छ भने प्रतिनीधि सभा बिघटन असंबैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक भएको मानव अधिकार तथा शान्ति समाजको ठहर छ । बिरोध प्रदर्शनमा संसद बिघटन : लोकतन्त्रको सबैभन्दा ठुलो उपहास, कुशासनमा लिप्त ओली सरकारःप्रतिगमनको सबैभन्दा ठुलो मतियार लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो।


प्रतिगमन बिरुद्ध शान्ति समाजको आन्दोलनका क्रममा हिजो पुस ५ गते शान्ति समाज दाङ शाखाको आयोजनामा तुलसिपुरमा र रुपन्देही शाखाको आयोजनामा बुटवलमा प्रदर्शन गरिएको थियो भने देशभर विरोध प्रदर्शनको क्रम निरन्तर छ ।