प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेकपाको अध्यक्षबाट हटायो, माधव नेपाललाई नयाँ अध्यक्ष बनायो

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेकपाको अध्यक्षबाट हटाउने निर्णय गर्नुका साथै वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रथम अध्यक्ष बनाएको छ ।

बैठकमा उपस्थित हस्ताक्षरका आधारमा झण्डै दुई तिहाइ सदस्य प्रचण्ड–नेपाल पक्षमा देखिएका छन्।

बैठकमा ३ सय १० जना सहभागी रहेको केन्द्रीय सदस्य हेमराज भण्डारीले जानकारी दिए। नेकपामा यसअघि ४ सय ४७ जना केन्द्रीय सदस्य छन्।