प्रचण्ड संसदीय दलको नेता

काठमाडौं, पुस ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ।

पार्टी अध्यक्ष बनेको भोलिपल्ट नेपालले बुधबार गरेको प्रस्तावलाई संसदीय दलको बैठकले सर्वसम्मतिले पारित गरेको हो। आजको बैठकमा कपा प्रचण्ड–नेपाल समूहमा ९३ जना प्रतिनिधि सभा र २४ जना राष्ट्रिय सभा सदस्य दुवै सदनका गरी १ सय १७ सांसद उपस्थित थिए । बहुमतका लागि प्रतिनिधिसभामा ८८ जना सदस्य आवश्यक पर्ने भए पनि ९३ जना उपस्थित भएका हुन् ।

नेपालले अध्यक्ष दाहाल संसदीय दलको नेतामा सर्वसम्मतिले निर्वाचित भएको घोषणा गरेका थिए।