बादल र गजुरेल पुगे ओली समूहको बैठकमा

काठमाडौं, पुस ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष केपी शर्मा ओली समूहको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी भएका छन्। 

प्रतिनिधिसभा विघटनपछि कुनै समूहको बैठकमा सहभागी नभएका बादल बिहीबार बालुवाटारको बैठकमा सहभागी भएका हुन्।

बैठकमा बादलसँगै पूर्वमाओवादी नेता हरिबोल गजुरेल पनि सहभागी भएका छन्। उनी पनि यसअघि कुनै भेलामा सहभागी थिएनन्। 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बबरमहलमा दुई बजेबाट सुरु हुने भएको छ।