मन्त्रिपरिषदमा ९ मन्त्रीको हेरफेर, यी हुन् नयाँ मन्त्री

काठमाडौं, पुस १० : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुर्नगठन गरेका छन्। विस्तारित मन्त्रिपरिषदमा पूर्व माओवादी र पूर्वएमालेतर्फका व्यक्तिहरु रहेका छन्।

पुर्नगठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी उर्जा मन्त्री, मणि थापा खानेपानी मन्त्री, प्रभु साह शहरी विकास मन्त्री र प्रेम आले वनमन्त्री भएका छन्।

त्यस्तै गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री र गौरी शंकर चौधरी श्रम मन्त्री भएका छन् भने दावा लामा युवा तथा खेलकुदमन्त्री भएका छन्। त्यस्तै, जुली कुमारी महतो महिला बालबालिका मन्त्री भएकी छन् भने बिमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छन्।

पुनर्गठनपछि युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा भएका छन्।

मन्त्रालय हेरफेर भएका:
हृदयेश त्रिपाठी (स्वास्थ्य तथा जनसंख्या)

कृष्णगोपाल श्रेष्ठ (शिक्षा, विज्ञान तथा प्रबिधि)

भानुभक्त ढकाल (संस्कृति, पर्यटन तथा नागरिक उड्ययन)

पदमा अर्याल (कृषि तथा पशुपंक्षी)

शिवमाया तुम्बाहाङफे (भूमि सुधार)

लिलानाथ श्रेष्ठ (न्याय कानुन तथा संसदीय मामिला)