संसद विघटनबिरुद्ध कांग्रेसले आज १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दै

काठमाडौं, पुस १३ः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ ।

संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै कांग्रेसले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो। सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर ठिमीमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी महामन्त्री डा शशांक कोइरालाले नवलपुरमा सम्बोधन गर्दैछन्।

यसैगरी प्रकाशमान सिंहले बानेश्वर, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वर र गगन थापाले नेपालगन्जमा आयोजित प्रदर्शनमा सम्बोधन गर्ने कांग्रेसले जनाएको छ। यसअघि कांग्रेसले गत मंसिर २९ गते ७७ वटै जिल्लामा सरकारबिरुद्ध प्रदर्शन गरेको थियो ।