अदालतको फैसला हामीलाई मान्य : देउवा

काठमाडौं, पुस १३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन’bout सर्वोच्च अदालतले गर्ने फैसलालाई कांग्रेसलाई मान्य हुने बताएका छन्। 

संसद विघटनको विरोधमा भक्तपुर क्षेत्र नम्बर २ ले सोमबार आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै देउवाले भने,‘संसद विघटनको मुद्दा अदालत पुगेको छ। अदालतले जे निर्णय गर्छ त्यो हामी मानेर अघि बढ्छौं।’

यद्यपी संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको देउवाको भनाइ छ।