प्रचण्ड-माधव समूहको संसद विघटन विरुद्ध शक्ति प्रदर्शन(हेरौं तस्विरहरु)

काठमाडौँ : नेकपा प्रचण्ड-माधव समूहले काठमाडौंमा प्रतिनिधिसभा विघटनको विरोधमा शक्ति प्रदर्शन गरेको छ ।

भृकुटीमण्डपमा आएर आमसभामा परिणत भएको जुलुस राजधानीको विभिन्न स्थानबाट निस्किएको थियो ।

प्रदर्शनमार्गस्थित सडकमै मञ्च बनाइए विरोध सभालाई अध्यक्षद्धय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालका साथै वरिष्ठ नेता झलनाथ खनाल र बागमती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्यले सम्बोधन गरेकी थिइन् ।

कार्यक्रम सञ्चालक समेत रहेका नेता योगेश भट्टराईले प्रदर्शन उत्साहजनक रहेको बताए ।