नेकपाका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाललाई थप उपचारका लागि सोमबार दिल्ली लगिने
काठमाडौं : नेकपाका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाललाई थप उपचारका लागि सोमबार दिल्ली लगिने भएको छ । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ का अनुसार सोमबार सीता दाहाललाई उपचारका लागि दिल्ली लैजाने तयारी गरिएको छ।
सीता दाहाल लामो समयदेखि बिरामी भएकी पत्नी सीताले अध्यक्ष दाहाललाई पनि सँगै जान अनुरोध गरेकी छन् । केही दिनअघि ललितपुरको मेडिसिटी अस्पतालमा उनको उपचार गरिएको थियो ।