सुदूरपश्‍चिमका आर्थिक मामिला मन्त्री बोहरा द्वारा पदबाट राजीनामा

काठमाडाैं, पुस २२ : सुदूरपश्‍चिमका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले पदबाट राजीनामा दिएका छन्।

उनले बुधबार पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । 

नेकपा विभाजनपछि ओली पक्षमा रहेका बोहोराले बुधबार पत्रकार सम्मेलन गर्दै पदबाट राजीनामा दिएको बताएका हुन्।

त्यस्तै, सुदूरपश्‍चिम प्रदेश सरकारमा सुरुदेखि नै ओली पक्षमा खुलेका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई यसअघि नै मुख्यमन्त्री त्रिलोचन भट्टले पदबाट हटाइसकेका छन्। बोहरा पनि बाहिरिएपछि प्रदेश सरकारमा प्रचण्ड–नेपाल पक्षधर मन्त्री मात्रै कायम रहेका छन्।