चार पूर्व प्रधान न्यायाधीशलाई प्रधानमन्त्रीले दिए चेतावनी

काठमाडौँ :  शुक्रबार सार्वजनिक भएको चार पूर्व प्रधानन्यायाधीशको विज्ञप्तिमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएका छन्।

प्रधानमन्त्रीले आफू निकट युवा संघका अगुवा कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दै स्वतन्त्र न्यायालयलाई कदर गर्न आग्रह गर्दै अदालतलाई नधम्क्याउन सचेत गराएका छन्।

‘एक पटक अदालतमा जागिर खाएको भरमा केही मान्छे पोहोर परार जागिर खाएको थियो कि, अहिले पनि छन् भन्ने बिर्सिएर यस्तो हुन्छ र उस्तो हुन्छ भन्न थालेका छन्,’ उनले अगाडि भने, ‘म उहाँहरुलाई भन्न चाहन्छु, उहाँहरु जस्तो सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा पुगिसकेको मान्छेहरुले सर्वोच्च अदालतलाई गलत ढंगले प्रभावित गर्ने, धम्क्याउने कुनै पनि क्रियाकलाप गर्न मिल्दैन सुहाउँदैन।’

प्रधानमन्त्री ओलीले  स्वतन्त्र न्यायालयलाई कदर गर्न नजान्ने अनि लोकतन्त्र, न्याय, संविधानका कुरा गर्ने? भन्दै सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट ? भनेर प्रश्न गर्दै भने ‘उहाँहरुले जे भन्यो, त्यहीँ हुनुपर्ने हो भने अदालत किन चाहियो ?

आफूले कहिल्यै न्यायपालिका विरुद्ध बोल्ने, नाराजुलुस गर्ने र नधम्क्याएको दावी समेत गरे।