प्रहरी र गाँजा तस्कर बीच बारामा गोली हानाहान

काठमाडौं, पुस २६ : बाराको निजगढ नगरपालिका १३ भक्तलाल खोलाको बगरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ।

तस्करहरुले प्रहरीलाई देख्ने वित्तिकै हवाई फायर गरेको थियो। प्रतिकारमा प्रहरी टोलीले चाइनिज पेस्तोलबाट ५ राउन्ड हवाई फायर गरेको थियो। 

८-१० जनाको समूहमा रहेका तस्करी मध्ये प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मकवानपुर हेटौंडा उपमहानगरपालिका ६ का ४७ वर्षीय इमानसिंह तामाङ पक्राउ परेका हुन्।

प्रहरीले उनको साथबाट १ थान भरुवा बन्दुकसमेत बरामद गरेको छ। साथै, घटनास्थलबाट प्रहरीले १०२ किलो लागुऔषध गाँजा पनि बरामद गरेको छ।