ट्रम्पले परमाणु हतियार प्रक्षेपण गर्नसक्ने आशंका

काठमाडौं, पुस २८ : अमेरिकी प्रतिनिधि सभाका अध्यक्ष न्यान्सी पेलोसीले ट्रम्पको परमाणु अधिकार रहेसम्म राष्ट्रिय सुरक्षामा खतरा रहिरहने भनेका छन्। गत शुक्रवार उनले डेमोक्रयाट्सका प्रतिनिधिलाई लेखेको पत्रमा अस्थिर ट्रम्पलाई परमाणु हतियार प्रक्षेपण गर्न रोक्ने’bout पेन्टागनसँग परामर्श लिएको भनेका छन्। उनले ट्रम्पलाई त्यस्तो कार्यतर्फ बढ्न नदिन पेन्टागनका जोइन्ट चीफ अफ स्टाफका अध्यक्ष मार्क मिल्लेसँगकुराकानी गरेका हुन्।

ट्रम्पले कुनै अवैध हमलाको आदेश दिए त्यसलाई रोक्ने उपाय भएको आश्वासन पेन्टागनले दिएपनि ट्रम्पको परमाणु कोड खोस्ने अधिकार पेलोसीसँग छैन। 

पेलोसीको टिप्पणीहरू किन छन् खतरनाक ? 

अमेरिकाको आणविक डिटरेन्स रणनीतिले द्रुत रूपमा आणविक प्रक्षेपण गर्ने प्रतिक्रियात्मक सक्षमतालाई दर्शाउँछ। यो रणनिति अनुरूप अमेरिकी विरोधीदेशहरू अमेरिकाले चाहेको खण्डमा विना बिलम्ब आणविक प्रक्षेपण गर्नसक्छ भन्ने बुझ्दछन्। पेलोसीको टिप्पणीले दुई हप्ताभित्रै अमेरिका विरूद्ध आणविक युद्ध सुरू हुनसक्ने सुझाउँछ जसको कुनै प्रमाण छैन। यस्तो टिप्पणीले अमेरिकाको आणविक सक्षमता र संरचनाको दीर्घकालीन धारणालाई क्षति पुर्याउँछ। 

पेलोसीको नजरमा ट्रम्प अस्थिर र अयोग्य देखीएपनिअमेरिकाको विशाल आणविक शस्त्रहरूको नियन्त्रण ट्रम्पको अधिनमा हुने अधिकारलाई कुनै आँच पर्दैन। अमेरिकाको सेना, उपराष्ट्रपति, सभामुख या कोहीअन्य नभइ केवल राष्ट्रपतिको रूपमा ट्रम्पनै त्यसको अधिकारी हुन्। प्रतिनिधी सभाका अध्यक्ष पेलोसीले ट्रम्पलाई पदबाट हटाउने कोशिश गर्न मिलेपनि सेनालाई ट्रम्पको हतियार प्रक्षेपण गर्नेकानुनी आदेशको उलंघन तर्फ जोड दिने अधिकार छैन। अमेरिकी राष्ट्रपतिको आणविक प्रक्षेपण अधिकारलाई बुझ्न यसको प्रणाली ’bout बुझ्न जरूरि हुन्छ।

अमेरिकाको आणविक प्रक्षेपण प्रणालीले कसरी काम गर्छ ? 

१. राष्ट्रपतिले आणविक प्रक्षेपणको आवश्यता छ भन्ने निर्णय गरे

अमेरिकासँग परमाणु हतियारनै पहिला प्रयोग नगरी दुश्मनको शस्त्रागारलाई नियन्त्रणमा लिन हवाई आक्रमणबाट सुरू गर्ने विकल्प छ । उदाहरणको लागि यदि उत्तर कोरियाबाट एक आणविक आक्रमण सुरू भए यसलाई अमेरिकाले पूर्व अनुमान लगाइतुरून्तै परमाणु आक्रमण गर्न सक्छ । यी दुइवटै विकल्पको अन्तिम निर्णय राष्ट्रपतिकै हुन्छ। 

२. सेनाका अधिकारीलाई न्युक्लियर फुटबल खोल्न अधिकार दिए

जब आणविक आक्रमणको आवश्यकता पर्छ आणविक नियन्त्रक ब्रिफकेस (फुटबल) खोल्न राष्ट्रपतिले सेनापतिलाई आदेश दिन्छन् । त्यस ब्रिफकेश भित्र सम्भावित ठाउँ, भवन या शहरलाई लक्षित गर्न मिल्ने ८०० भन्दा बढी तयार अवस्थाका परमाणु हतियार छन् जसले केहीबेरमै लक्षित ठाउँलाई तहसनहस बनाइदिन सक्छ। अमेरिकन सैनिक कमाण्डर यस्तो हमलाको लागि राष्ट्रपतिले केवल एक आदेशको पर्खाइमा हुन्छन्। 

३. ट्रम्पले सैन्य र नागरिक सल्लाहकारसँग सल्लाह लिएर

राष्ट्रपतिले सैन्य र नागरिक सल्लाहकारहरूसँग परामर्ष लिएर आणविक हतियार प्रक्षेपण गर्ने आदेश दिन सक्छन्। यस्ता सल्लाहकारले ट्रम्पलाई अवैध या बिनाकुनै खतरा प्रक्षेपण गर्न चाहे केवल अघि नबढ्न सल्लाह दिनसक्छन तर राष्ट्रपतिलाई नै आदेश दिन सक्दैनन्। कसैले ट्रम्पको आदेशलाई अस्विकार गरेट्रम्पले अर्को व्यक्ति नियुक्त गर्नसक्छन्। 

४. राष्ट्रपतिले आधिकारीक आदेश दिए

आधिकारिक आदेश दिन राष्ट्रपतिले युद्ध कोठामा बस्ने सिनियर अफिसरलाई अल्फान्युमेरिकल कोडहरूको श्रृंखलाद्वारा प्रमाणित गर्नुपर्छ। त्यसपछी सिनियर अफिसरले क्षेप्यास्त्र भएका पनडुब्बी, आणविक बम खसाल्ने लडाकू विमान, अन्तरमहाद्वीपीय बैलिस्टिक मिसाइलको आक्रमणलाई अघि बढ्न आदेश दिन्छन्। 

५ .प्रक्षेपणको सुरूवात गर्न बसेका टोली आक्रमण गर्न तयार भएपछी

प्रक्षेपण दलहरू पूर्वयोजना अनुरूप आक्रमणका लागि तयार भएपछी केवल आदेशको पर्खाइमा हुन्छन्। आदेश आउनासाथ विभिन्न कोडहरू र मिसाइल प्रक्षेपणका चाबीहरूको प्रयोग गरी आदेशलाई कार्यान्वय गर्छन्। यस्ता टोलीले कुनै प्रश्न नगरी केवल आदेश पालन गर्छन्। 

६. दुश्मन तिर मिसाइल पड्काएर

राष्ट्रपतिले आधिकारिक आदेश दिएको केवल ५ मिनट भित्र अन्तरमहाद्वीपीय बैलिस्टिक मिसाइलको प्रक्षेपण हुन्छ। पनडुब्बीबाट प्रक्षेपण गर्न केवल १५ मिनट समय लाग्छ। त्यसपछी राष्ट्रपतिले मिसाइल लक्ष्यमा पुगेको हेर्न पर्खन्छन्। 

ट्रम्पले कुनै देशलाई झुकाउन शक्ति प्रयोग गर्ला भन्नु केवल आशंका

राष्ट्रपतिको जिम्वेवारी वहन गरेका ट्रम्पले अन्तिम दिनहरूमा लापर्वाहीका साथ परमाणु अधिकारको दुष्प्रयोग गर्नसक्ने चिन्ता र डर उब्जेको छ।

ट्रम्पले प्रयोग गरेका भाषाले बुधवार भएको हिँसालाई उनले प्रोत्साहन दिएको प्रतित भएपनि परमाणु बम प्रयोग गरी हजारौँ मानिस मार्ने कामसँग दाँज्न सकिँदैन। ट्रम्पले कुनै देशलाई अनियमित रूपमा झुकाउन शक्ति प्रयोग गर्न चाहेको प्रमाण छैन। 

ट्रम्पले सानै उमेरमा उनको काका जोनसँग परमाणु हतियारहरूको विनाशकारी शक्तिको ’boutमा जानेको धेरैपटक उल्लेख गरेका थिए। उनले सन् १९९० र सन् २००४ मा प्लेब्वाइ अन्तरवार्तामा परमाणु युद्धको नकरात्मकता ’bout बोलेका थिए। उनले यसलाई अन्तिम विनाश र संसारकै लागि ठूलो समस्या भनि काकाले सिकाएको समेत भनेका थिए। ट्रम्पले सत्ता छोड्नु अघि अमेरिका र अर्को देशबीच सैन्य द्वन्द्व भइहाले पनि तुरुन्तै परमाणु हतियारको साथ प्रतिक्रिया देखाउने आदेश देलान भन्ने प्रमाण निकै कम छ।

जून २०१९ मा  ट्रम्पले इरानमा नियोजित ड्रोन हमला गरेपछी भनेको कुराको ख्याल राख्न जरूरी छ। उनले यस हमला ’bout ट्वीट मार्फत खुलासा गरेका थिए ‘हामी ३ वटा भिन्नाभिन्नै ठाउँमा प्रतिकार गर्न तयार थियौं, जब मैले सोधें, कति जना मर्नेछन्। १५० मानिससर भन्ने जनरल बाट उत्तर आएपछी मैले आक्रमण भन्दा १० मिनेट अघि योकामलाई रोकेँ,’ ट्रम्पले लेखेका थिए। ‘एक मानवरहित ड्रोनको अनुपातमा हमला गर्नु ठीक होइन । म कुनै हतारमा छैन।‘

यस आधारमा ट्रम्पले इरानमा आणविक हतियार प्रयोग गर्नइरानले सम्भवतः अर्को दुई हप्तामा अमेरिकामा ठूलो रघातक आक्रमण गर्नुपर्नेछ।

ट्रम्पको प्रतिक्रियामा आक्रमण गर्ने निर्णय आइहाले शीर्ष सैनिक सँगको वार्तालापमा परमाणु हतियार भन्दा तल्लो स्तरका हतियारहरूप्रसस्त भएकाले यसलाई प्रयोगमा ल्याउन मिल्छ। साना हतियारहरूले पनि पक्कै दशौं हजारलाई मार्न सक्छ तरपनि परमाणु अस्त्रको प्रयोग भइहाल्ने खतरा छैन।

जेनिफर विलियम्स र एलेक्स वार्ड/भक्स डटकम बाट