अमेरिकाको ४६ ‍औँ राष्ट्रपति जो बाइडन’bout थाहै नभएका कुराहरू


काठमाडौं, माघ ७ : पूर्व उपराष्ट्रपति जो बाइडन संयुक्त राज्य अमेरिकाको ४६ ‍औँ राष्ट्रपतिको रूपमा शपथ लिइ अमेरिकी इतिहासको सबैभन्दा नाटकीय राजनीतिक संक्रमणकाललाई समाप्त पारेका छन्।

डोनाल्ड ट्रम्पको ४ वर्षिय राष्ट्रपतिय कार्यकाल पछी उनी यो पदभारमा नियुक्त भएका हुन्। अमेरिकाले थुप्रै संघर्षहरुसँग जुझ्दै गरेको समयमा बाइडन आएका छन्। देशले कोभिड महामारी र जातीय अन्यायका कारण बेहोरेको क्षति र संघर्ष एकातिर कायमै छ । अर्कोतिर चुनावमा जितेर पनि क्यापिटल घेराबन्दी पछी टुङ्गीएको जितको पर्खाइ र अनुभुतिका साथ उनी आफ्नो कार्यकाल आरम्भ गर्दैछन्। बाइडन एक शताब्दी भन्दा ज्यादा समय पछी देखीएका यस्तो राष्ट्रपति हुन् जसलाई बाहिरिँदै गरेका राष्ट्रपतिले समेत अभिवादन दिएनन्।  

आठ बर्षअमेरिकाको पहिलो काला वर्णको राष्ट्रपतिको उपाध्यक्ष र त्यसअघी दशकौंसम्म डेलावेयरबाट नेतृत्व गर्ने सिनेटर भइ अहिलेको राष्ट्रपति बन्नेसम्मको यात्रा उनको निकै लामो छ। यस लामो यात्राको अनुभवका कारण आज उनी यो रूपमा देखा परेका हुन्।

उनी’bout जान्नैपर्ने तथ्यहरू

प्रस्तुत छन् जो बाइडन’bout जान्नुपर्ने जानकारी मुलक तथ्यहरू:

नाम: जोसेफ रोबिनेट बाइडन जूनियर
जन्म मिति: २० नोभेम्बर, १९४२
उमेर: ७८
पार्टी: डेमोक्र्याट
शिक्षा: डेलावेयर युनिभर्सिटी र सिराकुज कानून स्कूलबाट स्नातक
 

उनी के गर्थे :

  • सन् २००९ देखि सन् २०१७ सम्म अमेरिकाको उपराष्ट्रपति 
  • सन् १९७३ देखि सन् २००९ सम्म अमेरिकी संसदमा काम गर्दै सेनेट विदेश सम्बन्ध समिति र सिनेट न्यायिक समितिको सदस्य र अध्यक्ष दुवै
  • कानून स्कूलबाटको पढाइ सकेपछी न्यू क्यासल काउन्टी काउन्सिलमा काम गरेका थिए
  • ह्वाइट हाउस छोडे देखि बाइडन र उनकी श्रीमतीले क्यान्सर रोकथाम, निदान, अनुसन्धान र हेरचाहको प्रयासका लागि लगानी गर्दै  बाइडन क्यान्सर इनिसिएटिभ कार्य शुरू गरे 

जीवनका मुख्य क्षणहरू:

  •  उपराष्ट्रपति हुँदा सार्वजनिक रूपमा समलिङ्गी वैवाहिक सम्बन्धलाई समर्थन गरे।
  • महिला हिंसाबाट विरूद्ध सन् २०१७ मा कलाकार लेडी गागासँग मिली यौन उत्पीडनको बिरूद्ध “इट इज अन अस” अभियानलाई समर्थन गरे।
  • ओबामाद्वारा प्रसिडेन्सियल मेडल अफ फ्रीडम प्राप्त गरे।
  • सन् २०१८ को मध्यतिर देशभर डेमोक्र्याटिक उम्मेदवारहरूको लागि प्रचार अभियान गरे।
  • पेन्सिल्भेनिया युनिभर्सिटीले सन् २०१७ मा पेन बाइडन सेन्टर फर डिप्लोमेसी केन्द्रको  स्थापना गरी बाइडनको ‘कूटनीति र दूरगामी विश्व मुद्दाहरुको समझदारी’ लाई सम्मान घोषणा गरियो। 
  • सन् २०१७ मा डेलावेयर विश्वविद्यालयले बाइडनसँग साझेदारीको घोषणा गरी बाइडन घरेलु नीति संस्थान खोलियो ।
  • ५० वर्षको राजनीतिक जीवनमा ३ पटक राष्ट्रपतिका लागी उम्मेदवारी दिए।
  • सन् १९८७ मा ब्रिटिश लेबर पार्टीका नेता नील किन्नोकको भाषण चोरी गरेको आरोप लागेका कारण उनको चुनावी प्रक्रिया रद्द भयो।
  • सन् २००८ मा राष्ट्रपतिय उम्मेदवारीमा कुल मतको १ प्रतिशत मात्रै बटुली पाँचौं स्थानमा समाप्त भए। 


बाइडनको विषेश योगदान र योजनाहरू 

बाइडनले काला वर्णका र अल्पसंख्यक मानिसहरूका लागि उच्च शिक्षाका योजना विस्तार गर्दै सामुदायिक क्याम्पसमा निशुल्क ट्युसनको व्यवस्था ल्याए। यस्ता सुविधालाई झनै विस्तार गर्ने उनको योजना छ।

जलवायु परिवर्तनलाई उनी संसारको ४ वटा संकटमध्यको एक संकट मान्छन्। सन् २०२० को गर्मीमा उनले एक व्यापक नयाँ प्रस्तावमा थालनी गर्दै अमेरिकामा सन् २०३५  भित्र कार्वन उत्सर्जन पूर्णतया समाप्त पार्ने पहल गर्दैछन्। उनको कार्यकालको ४ वर्षभीत्र २ खर्ब अमेरिकी डलर यस कार्यको लागी उनी खर्च गराउँदै छन्। 

कोभिड महामारीलाई सम्बोधन गर्दै उनले धेरै योजनाहरू अगाडी सारेका छन्। विशेषज्ञहरूको सल्लाहमा ध्यान दिँदै उनी आफ्नो प्रशासानको पहिलो १०० दिनको लागी अमेरिकीहरूले मास्क लगाउनै पर्ने किसीमको व्यवस्था लागु गर्दैछन्। अमेरिकामा खोप वितरण एवं सुविधा प्रदान गर्ने चुनौति हुनेछ। 

अघिल्लो सालको जातीय असमानताका कारण देशभर भएका प्रदर्शनका क्रममा उनले पुलिस विभागलाई खण्डन गर्नुको साटो मानसिक स्वास्थ्य विशेषज्ञहरूराखी लक्षित समुदायलाई उचित सम्बोधन दिन सक्षम बनाउने महत्वपूर्ण पहल गरेका थिए। उनले यस कार्यका लागी पिडित समुदायका लागी ३० करोड डलरको माग सरकार समक्ष गरेका थिए। 


बाइडन’bout थाहै नभएका कुराहरू

बाइडन किशोरावस्था देखी सार्वजनिक भाषणमा निपुण थिए। डेलावेयर विश्वविद्यालयमा पढ्दा उनी खुब फुटबल खेल्थे। बाइडन पहिलो पटक सन् १९७२ मा अमेरिकी सेनेटमा छनौट भए। तब उनको उमेर केवल २९ बर्षको थियो। उनी माथिल्लो सदनमा निर्वाचित हुने कान्छा व्यक्तिमध्ये एक थिए।

सिनेटमा निर्वाचित भएको केही हप्ता पछी, बाइडन परिवारमा त्रास र आघात सिर्जना भयो जब उनको पहिलो पत्नी नीलिया र उनकी १ वर्षीया छोरी नाओमीको कार दुर्घटनामा मृत्यु भयो। उनका छोरा हन्टर र बी बाइडनलाई पनि गम्भीर चोटपटक लागको थियो। सन् १९७७ मा उनले जिल बाइडेनसँग दोस्रो विवाह गरे। सन् २०१५ मा बाइडेनका ४६ बर्षे छोरा बी बाइडनको ब्रेन क्यान्सरको कारण मृत्यु भयो। उनको परिवारले ह्वाइट हाउसको भर्चुअल प्रणालीबाट त्यसबेला ७२००० समवेदना प्राप्त गरेका थिए।

सन् १९९३ मा न्यायपरिषद्को नेतृत्वमा पहिलो महिला सदस्यको रूपमा क्यालिफोर्नियाका सेनेटर डायना फिनस्टेनलाई नियुक्त गर्नु बाइडनको महत्वपूर्ण राजनीतिक उपलब्धी मध्ये एक थियो।

–    एबीसी न्युज डट जीओ डटकमबाट