सर्वोच्चमा प्रधानमन्त्रीविरुद्ध ‘अदालतको अवहेलना’को निवेदन पेस

काठमाडौं– वरिष्ठ अधिवक्ता कुमार शर्माले सर्वोच्च अदालतमा आज प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ‘अदालतको अवहेलनाको’ निवेदन पेस गरेका छन् । उनले प्रम ओलीले सार्वजनिक रुपमा कानुन व्यवसायीमाथि दुर्वचन बोलेको र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा विचाराधीन मुद्दालाई प्रभावित पार्न खोजेको भन्दै निवेदन पेस गरेका हुन् ।

प्रम ओलीले केही दिनअघि वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि ‘बाजे वकिल’ भनेर व्यग्य गरेका थिए । प्रम ओलीले दुर्वचन बोलेर कानुन व्यवसायमाथि प्रहार गरेको भन्दै आज नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षहरुले विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीले सार्वजनिक रुपमा क्षमायाचना गर्नुपर्ने बताएका छन् ।