अष्टलक्ष्मी शाक्यसहित ६० जना नेता कार्यकर्ता पक्राउ

काठमाडौं, माघ २२ : आमहड्तालको उल्लंघन गरेको भन्दै यातायात अवरूद्ध पार्न निस्किएका नेकपा दाहाल नेपाल समूहका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट नेतृ अष्टलक्ष्मी शाक्यसहित करिब ६० जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । नेतृ शाक्य कलंकी क्षेत्रबाट पक्राउ परेको नेकपा नेता विष्णु रिजालले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

कंलकी क्षेत्रबाटै नेता राजेन्द्र पाण्डेसहितका नेता कार्यकर्ता पनि पक्राउ परेका छन् ।