गोंगबुमा ट्याक्सीमा आगजनी

काठमाडौं, माघ २२ : काठमाडौंको गोंगबुमा अज्ञात समूहले ट्याक्सीमा आगजनी गरेका छन्।

बिहीबार एका बिहान कुम्भ नारायण श्रेष्ठको प्रदेश ३ ०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

प्रहरीले ट्याक्सीमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ। सो ट्याक्सीमा पूर्ण रूपमा क्षति पुगेको छ। प्रचण्ड नेपाल समूहले बुधबार पत्रकार सम्मेलन गर्दै आमहड्ताल गर्ने घोषणा गरेको छ ।

प्रहरीका अनुसार बन्दकर्ताले ट्याक्सीमा आगजनी गरेको हुन सक्ने बताएको छ ।