सेनामा खुल्यो अधिकृत क्याडेट

काठमाडौं, माघ २२ : नेपाली सेनाले अधिकृत क्याडेटमा नयाँ भर्ना खुलाएका छ ।

नेपाली सेनाभित्र आकर्षण मानिने अधिकृत क्याडेट  ‘सेकेन्ड लेफ्टेनेन्ट’ मा २ सय पदका लागि आवेदन खुला गरिएको हो । भर्ना छनौंट निर्देशनालय, कार्यरथी बिभाग जंगी अड्डाले आज एक सुचना जारी गर्दै भर्ना खुलाएको हो ।

योग्यता र उमेर पुगेका नेपाली नागरिकले आज (माघ २२ ) देखि फागुन ११ गतेसम्म तोकिएमा स्थानबाट वा अनलाइन दरखास्त दिन सक्नेछन् ।  दरखास्त दिनका लागि रु एक हजार राजस्व तोकिएको छ ।

सेनाले खुलातर्फ १ सय ५ पदमा बिज्ञापन खुलाएको छ भने समावेशी तर्फ १८ महिला, २९ आदिवासी जनजाती, २५ मधेशी, १४ दलित, ५ अमर सैनिक सन्तती र ४ पद पिछडिएको क्षेत्रमा गरी ९५ पदमा भर्ना आह्वान गरेको छ ।