केपी ओलीको दुई तिआइको सरकारले जनभावना अनुसार काम गर्न सकेन : रामचन्द्र पौडेल

तनहुँ, माघ २४ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको दुई तिआइको सरकारले जनभावनाअनुसार काम गर्न नसकेको बताएका छन् । रिपोर्टस् क्लब दमौलीमा गरेको कार्यक्रममा बोेल्दै नेता पौडेलले ओली सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले जनताको आकर्षण कांग्रेसमा बढेको बताए ।

संसद् विघटनका विषयमा चलिरहेको विवादका विषयमा बोल्दै नेता पौडेलले आफूहरु आन्दोलनबाट नभई अदालतबाट आउने फैसलाको पक्षमा रहेको बताए । उनले कांग्रेसले संयुक्त आन्दोलनको ’boutमा अहिले नसोचेको पनि बताए । ‘देशलाई अस्थिरतातर्फ लैजान दिनु हुँदैन । देशमा स्थायित्व र समृद्धि आवश्यक छ’, उनले भने ।

पौडेलले देश विकास नेपाली कांग्रेसले मात्रै गर्नसक्ने दाबी पनि गरे । उनले भने, ‘नयाँ राजनीतिक ध्रुवीकरणले कांग्रेसलाई सो अवसर प्राप्त भएको छ । कांग्रेसले हैसियत, उत्तरदायित्व बुझेर अगाडि बढ्नुपर्छ, अहिले प्राप्त भएको अवसरलाई सदुपयोग गर्नुपर्छ ।’

वरिष्ठ नेता पौडेलले पार्टीको विधान बचाएर कांग्रेसलाई पनि बचाउनुपर्ने बेला आएको बताए । पार्टीभित्र भएका विधानविपरीतका काम सच्याएर अगाडि बढ्नुपर्ने बताउँदै उनले माघ मसान्तभित्र क्रियाशील सदस्यता विवाद टुङ्गो लगाएर अधिवेशन गर्नेतर्फ लाग्नुपनेए बताए ।