रामकुमारी झाँक्री राज्यविरुद्धको कसुर आरोपमा पक्राउ

काठमाडौं, माघ २९: नेकपा नेतृ रामकुमारी झाँक्रीलाई सरकारले राज्यविरुद्धको कसुर गरेको आरोप लगाउँदै पक्राउ गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारी’bout दिएको अभिव्यक्तिलाई लिएर नेकपा केपी ओली समूहको अनेमसंघको उजुरीका आधारमा प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो ।

उनलाई महानगरीय अपराध महाशाखाको टोली शंखमुलस्थित घरबाट पक्राउ गरेको हो ।

यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो । तर उनले पक्राउ पूर्जी माग गरेकी थिइन् । महाशाखाका डीएसपी दुर्गाराज रेग्मीको हस्ताक्षर रहेको पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरिएको हो।

उनलाई पक्राउ गर्न डीएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा प्रहरी टोली झाँक्रीको निवास पुगेका थिए ।