आईपिएल अक्सनमा बिक्लान त सन्दीप ?

काठमाडौं, फागुन ६ : १४औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएपल) को अक्सन आज (बुधबार) हुँदैछ । यो सिजनको आईपिएलको ‘मिनी अक्सन’ चेन्नइमा बिहिबार  ३ः१५ बजे सुरु हुने छ ।

मिनी अक्सनमा २९२ खेलाडी सहभागी छन्। ती मध्ये एक हुन्, नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने । ‘आईपिएलमा बिक्लान त सन्दीप ?, कुन क्लबले किन्ला ?’ अहिले नेपाली क्रिकेटप्रेमीको मनमा यही प्रश्न दौडिरहेको छ । यसको उत्तर आज दिउँसो हुने अक्सनपछि मात्र आउनेछ । 

अक्सनको सुरुवाती लिस्टमा सन्दीपसहित ८ खेलाडी सहभागी थिए । सन्दीपसँगै विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा र दीपेन्द्रसिंह ऐरी सहभागी थिए। 

बिगबास लिग खेल भर्खरै मात्र नेपाल फर्किए सन्दीप भने त्यति उत्साहित छैनन । तीन वर्ष आईपिएल खेलिरसकेकाले त्यति उत्साहित नभउको उनले बताएका छन्। उनले भनेका छन्, ‘यसलाई सामान्य रुपमा लिएको छु, तीन वर्ष आईपीएल खेलिसकेको छु, त्यसैले यो कुरा खासै नौलो होइन।’ 

कुनै टिमले आफूमाथि बोली लगाएपछि नयाँ टिमबाट खेल्न आफू उत्साहित हुने हुने उनी बताउँछन् । आईपिएल अक्सनलाई लिएर उत्साहित नरहे पनि सन्दीप केही हदसम्म ढुक्क भने छन् । पछिल्ला वर्षहरुमा आफूले राम्रो प्रदर्शन गरेकाले आईपिएल खेल्नमा ढुक्क हुने ठाउँ रहेको उनले बताए । ‘आइपिएलसँगै अन्य फ्रेन्चाइज लिगहरुमा प्रदर्शन राम्रो गरिरहेको छु, त्यो हिसाबमा आईपिएल खेल्ने सम्भावना धेरै छ, त्यो कुन टिममा हो भन्ने मात्र हो ।’

सन्दीपले अघिल्ला तीन सिजन दिल्ली क्यापिटल्सबाट खेलेका थिए । नयाँ सिजनका लागि भने दिल्लीले सन्दीपलाई सिलिज गरेको थियो। सुरुवाती दुई सिजन उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले तेस्रो सिजन भने कुनै पनि खेल खेल्न पाएका थिएनन् । तीन सिजन २० लाख भारुमा खेलेका सन्दीपको यो पटक ‘बेस प्राइस’ ४० लाख भारु रहेको छ। उनमा एक भन्दा बढी क्लबले बोली लगाउ सन्दीपको भाउ बढ्ने छ।

सन्दीपलाई अनुबन्धन गर्न च्याम्पियन्स मम्बई इन्डियन्स र पञ्जाव किंग्सले चासो देखाएको बताइएको छ। पञ्जाब र मुम्बईमा विदेशी स्पिनर नरहेकाले पनि चेन्नाईमा यी दुई टिमले सन्दीपमाथि भाउ लगाउन सक्छन् । 

पञ्जाबसँग खेलाडी किन्नका लागि सबैभन्दा धेरै पैसा रहेकाले पनि सन्दीपमाथि पञ्जावले चासो देखाउन सक्छ । उसँग खेलाडी किन्नका लागि ५३ करोड २० लाख रुपैयाँ रहेको छ। त्यो रकमबाट उसले ५ विदेशी र ४ स्वदेशी खेलाडी किन्न सक्नेछ ।

यता, च्याम्पियन्स मुम्बईले सन्दीप माथि बोली लगाउने सम्भावना भने केही कम छ । उसँग १५ करोड ३५ लाख रुपैयाँ मात्र रहेको छ, उसले ४ विदेशी र ३ स्वदेशी खेलाडी किन्न सक्नेछ । उसले विदेशी फास्ट बलरलाई रिलिज गरेकाले पनि उनको नजर फास्ट बलरमै हुन सक्छ।

मिनी अक्नसमा कुन देशका कति खेलाडी ?

मिनी अक्सनको फाइलनमा २९२ खेलाडी सहभागी छन्। अक्सनरको पहिलो चरणमा कुल एक हजार एक सय १४ खेलाडी सहभागी थिए, त्यसमध्ये फाइलनमा २९२ मात्र छानिएका हुन् । 

जसमा ६५ क्याप्ड, दुई सय २७ अनक्याप्ड खेलाडी छन् । त्यसमध्ये १६४ भारतीय खेलाडी छन् भने अस्ट्रेलियाका ३५, न्युजिल्यान्डका २०, वेस्टइन्डिजका १९, इंग्ल्यान्डका १७, दक्षिण अफ्रिकाका १४, श्रीलंकाका ९, अफगानिस्तानका ७, नेपाल, युएई र अमेरिकाका १–१ खेलाडी छन् ।

खेलाडी किन्न कुन टिमसँग कति पैसा ?

मिनी अक्सनबाट खेलाडी किन्नका लागि सबैभन्दा धेरै पैसा पञ्जाब किंग्स सर्वाधिक रकम रहेको छ भने कोलकता नाइट राइडर्स र सनराइजर्स हैदरावादसँग सबैभन्दा कम रकम छ । पञ्जाबसाग ५३ करोड २० लाख रुपैयाँ छ भने कोलकाता र सनराइजर्ससँग समान १० करोड ७५ लाख रुपैयाँ छ।

राजस्थान रोयल्सले बुधबार हुने अक्सनमार ३७ कराृड ८५ लाख रुपैयाँ खर्च गर्न पाउने छ भने रोयल च्यालेन्जर्स बैंग्लोरसँग ३५ करोड ४० लाख रुपैपाँ खर्चिन सक्ने छ। यस्तै, चेन्नई सुपर किंग्ससँग १९ करोड ९० लाख, मुम्बई इन्डियन्ससँग १५ करोड ३५ लाख तथा दिल्ली क्यापिटल्ससँग १३ करोड ४० लाख रुपैयाँ छ।