अवहेलना मुद्दामा जवाफ दिन प्रधानमन्त्री सर्वोच्च जाँदै
काठमाडौं, फागुन ६ : प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार सर्वोच्च अदालत जाने भएका छन् । अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिनका लागि प्रधानमन्त्री ओली बिहीबार सर्वोच्च जाने भएका हुन् ।
अदालतको अवहेलनाको आरोपमा ओलीविरुद्ध सर्वोच्चमा परेको मुद्दामा म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न सर्वोच्चले ओलीलाई आदेश दिएको थियो । म्याद बुझेको सात दिनभित्र लिखित जवाफ दिनुपर्ने व्यवस्थाअनुसार उनी जवाफ लिएर अदालत जान लागेका हुन् ।
प्रतिनिधिसभा विघटन र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी’bout दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकुमार न्यौपानेले ओलीविरुद्ध रिट निवेदन दर्ता गराएका थिए ।
प्रधानमन्त्री आउने भएपछि सर्वोच्च अदालत परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।