निषेध र विभेदको राजनीतिले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले ७१ औँ प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश दिँदै निषेध र विभेदको राजनीतिले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताएका छन् । 

शुभकामना सन्देशमा प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेष नेताहरुको शासन प्रणालीमात्रै नभएको भनेकाछन । 

बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, “प्रजातन्त्र आधुनिक शासन पद्धितको सर्वोत्तम व्यवस्था हो । विश्वमान्य प्रजातन्त्रको सिद्धान्तअनुरूप नेपालमा प्रजातान्त्रिक विधि व्यवहार अघि बढोस भन्ने हामी सबैको आकांक्षा हो । प्रजातन्त्र प्राप्तिको सत्तरी वर्षपछि आएर पनि हामी अहिले प्रजातन्त्रकै विषयमा विवाद द्वन्द्व र बहसमै व्यस्त छौँ, ग्रस्त छौँ । प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट पक्ष हो । जनताको आस्था, चाहना र जनभावना अन्ततः अमिर रहन्छ र यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन, बटारिँदैन ।

उनले नेपाल जनता र राजाको सहमति खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थ अवज्ञा भएको पनि बताएका छन् ।