ओली समूहमा फर्किए शेरबहादुर र उषाकला

नेताद्वय शेरबहादुर तामाङ र उषाकला राई नेकपाको प्रचण्ड–नेपाल समूह परित्याग गर्दै ओली समूहमा आएका छन् । आज विराटनगरमा हुने ओली समूहको आमसभामाफर्त शेरबहादु र उषाकला दम्पत्ति औपचारिक रुपमा ओली समूहमा प्रवेश गर्दै छन् ।

तामाङ पूर्वकाननून मन्त्री हुन् भने उषाकला प्रदेश १ की प्रदेश सभा सदस्य हुन् । प्रचण्डलाई नेता मानेर हिँड्न नसकिएकाले ओली समूहमा फर्किएको शेरबहादुर–उषाकला दम्पत्तिले बताएका छन्।

नेता तामाङले प्रधानमन्त्री ओलीको नेतृत्वमा मात्रै अहिलेको समस्या समाधान हुने र देशको समृद्धिको यात्रा अघि बढ्ने भएकोले श्रीमान श्रीमती दुवैजना सो पार्टीको कार्यक्रममा सहभागी हुन लागेको बताएका छन् ।

पार्टी विभाजनपछि केही दिन प्रधानमन्त्री ओली सूहमा रहेका उनी पछि प्रचण्ड–नेपाल समूहमा गएका थिए ।