सांसद्हरूलाई आज कोरोना खोप लगाइँदै

काठमाडाैं, फागुन १९ : प्रतिनिधि सभा र राष्ट्रियसभाका सांसद्हरूलाई आज कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ। सांसद्सँगै सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका सचिवालयका कर्मचारीलगायतलाई कोरोनाविरुद्धको खोप लगाइने छ।
नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सांसद्हरुलाई कोरोनाविरुद्धको खोप लगाइने छ।
आजै प्रतिनिधि सभा र राष्ट्रियसभाका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हाजिरी व्यवस्थापनमा कर्यरत कर्मचारी, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पनि खोप लगाइने छ ।
संघीय संसद सचिवालयका कर्मचारी, स्वकीय सचिवहरू, ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीलाई भने २० गते बिहीबार खोप लगाइने छ।
