काठमाडौं महानगरले खोप लगाउन तोक्यो १५ केन्द्र, कुन वडावासीले खोप कहाँ लगाउने ? (सूचीसहित)
काठमाडौं, फागुन २० : काठमाडौं महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि १५ वटा खोप केन्द्र निर्धारण गरेको छ । महानगरले बिहीबार वडाअनुसार खोप लगाउनका लागि खोप केन्द्र निर्धारण गरेको हो।
फागुन २३ देखि चैत १५ गतेसम्म ५५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिक, महाविद्यालयका प्राध्यापक, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारी र सार्वजनियक यातायातका चालक–सहचालकका लागि वडाअनुसार विभिन्न खोप केन्द्रबाट खोप लगाइने महानगरले जनाएको छ।
खोप लगाउन परिचय खुल्ने फोटोसहितको परिचयपत्र महानगरले अनिवार्य गरेको छ।
कुन वडाका स्थानीयले कहाँ लगाउने खोप ?
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु– वडा नं. १२, १३, १४ २० र २१
वीर अस्पताल – वडा नं. २२, २३, २४, २७ र २८
क्षेत्रपाटी निःशुल्क किचित्सालय – वडा नं. १६, १७, १८, १९, २४ र २५
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल – वडा नं. १०, ११, २८ र २९
निजामति कर्मचारी अस्पताल – वडा नं. १०, ३१, ३२
मरल्यान्ड अस्पताल, सिनामंगल – वडा नं. ३२
काठमाडौं मेडिकल कलेज सिनामंगल – वडा नं. ९, ३० र ३१
ओम हस्पिटल एण्ड रिसर्च सेन्टर – वडा नं. ४, ५, ६, ७ र ८
स्तुपा अस्पता, बौद्ध – वडा नं. ६, ७ र ८
शहीद गंगलाद राष्ट्रिय हृदय केन्द्र – वडा नं. ३, ४ र ५
त्रिविवि शिक्षण अस्पताल– वडा नं. ३, ४ र ५
हिमाल अस्पताल – वडा नं. १, ५, २९र ३०
नेपला प्रहरी अस्तापल – वडा नं. २, १६ र २६
वीरेन्द्र सैनिक अस्पताल छाउनी – वडा नं. १३, १४, १५ र १९
जनमैत्री अस्पताल, बालाजु – वडा नं. १६ र २६