सभामुखलाई भेटे प्रचण्ड र नेपालले

काठमाडौं, फागुन २३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र माधवकुमार नेपालले सभामुख अग्नि सामपकोटालाई भेटेका छन् । 

सभामुख सापकोटालाई भेट्न अध्यक्षद्वय  प्रचण्ड र नेपाल संसद् सचिवालय नै पुगेका थिए। नेकपा प्रचण्ड–नेपाल समूहको संसदीय दलको आन्तरिक बैठकपछि अध्यक्षद्वय सभामुखलाई भेट्न संसद सचिवालय पुगेका थिए।

सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि संसदको हिउँदे अधिवेशन आज अपरान्ह ४ बजे बस्दैछ ।