दलको नेता परिवर्तन’bout प्रचण्ड-नेपाल समूहद्वारा संसद सचिवालयलाई जानकारी, सूचना दर्ता गर्न संसद सचिवालयद्वारा अस्वीकार

काठमाडौं, फागुन २३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले संसद सचिवालयलाई संसदीय दलको नेता परिवर्तन गरेको जानकारी गराए पनि परिवर्तनको सूचना दर्ता गर्न अस्वीकार गरेको छ ।

शुक्रबार ११५ जना सांसदको उपस्थितिमा बैठक गरी केही दिनअघि संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको दावी प्रचण्ड माधव समूहले गरेको थियो ।

शुक्रबार बसेको संसदीय दलको बैठकले बहुमत सांसदको उपस्थितिमा आफ्नो समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बनाएको औपचारिक जानकारी सचिवालयलाई गराएको हाे ।

उक्त जानकारी दिन आज (आइतबार) नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय प्रचण्ड, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल संसद सचिवालय पुगेका थिए।

त्यसलगत्तै उनीहरू संसद् सचिवालयका महासचिव भरतराज पौडेलसँग भेटघाट गरेका छन्।