माधव नेपाल पक्षका सबै पदाधिकारी आउट

काठमाडौं, फागुन २८ : नेकपा एमालेका अध्यक्ष केपीओलीले आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सबै पदाधिकारीलाई हटाएका छन्। पदाधिकारीमा उनले महासचिव मात्रै कायम राखेका छन्।

प्रधानमन्त्रीसमेत रहेका उनले माओवादी केन्द्र पृष्ठभूमि भएका रामबहादुर थापा ‘बादल’ लाई बाग्मती प्रदेशको इन्चार्ज बनाएका छन्।

बैठकले तत्कालीन नेकपा ओली समूहमा लागेका र सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएको अवस्थामा पनि ओलीलाई नछाडेका रामबहादुर थापा ‘बादल’ सहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत पनि गरेको छ।

बैठकले विदेश विभाग प्रमुखबाट वरिष्ठ नेता माधवकुमार नेपाललाई हटाएर राजन भट्टराईलाई नियुक्त गरेको छ।