माओवादीले समर्थन फिर्ता लिएपछि सरकार संविधानबमोजिम अघि बढ्छ : सुवास नेम्वाङ

काठमाडौं, चैत ६ : नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार संविधानबमोजिम अघि बढ्ने बताएका छन्।

नेकपाको एकीकरण सम्बन्धी निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि एमाले र माओवादीको अलग भएका छन्। माओवादीले समर्थन फिर्ता लिएमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा पर्नेछ।

नेम्वाङले त्यसपछि संविधानबमोजिम सरकार अघि बढ्ने बताएका हुन्। शुक्रबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेम्वाङले संविधानले स्थापित गरेका मूल्य र मान्यताबमोजिम नै सरकार अघि बढ्ने बताएका हुन्।

अहिले माओवादीले दिएको समर्थन फिर्ता नलिएको उनको भनाइ थियो। त्यसैले अहिले सरकार अल्पमतमा नपरेको उनले बताए।

उनले भने, ‘अहिले सरकार जुन आधारमा उभिएको छ। त्यो आधार विभाजित भएको छ, तर विभाजनपश्चातको जुन दल छ, त्यो दलले आफ्नो विश्वासको मत फिर्ता गरिसकेको अवस्था छैन।’

एमाले उपनेता नेम्वाङले थपे, ‘त्यसैले जबसम्म विश्वासको मत फिर्ता हुँदैन, तबसम्म सरकारलाई विश्वास प्राप्त भएको मानिन्छ, र सरकार रहन्छ।’

माओवादीले समर्थन फिर्ता लिएपछि त्यस’bout सोचिने बताए। ‘जुन दिन विश्वासको मत फिर्ता हुन्छ, त्यसपछि सरकार संविधानबमोजिम अघि बढ्छ,’ नेम्वाङले भने।

सरकारलाई दिएको समर्थन फिर्ता लिने’bout छलफल भएपनि माओवादीले निर्णय गर्न सकेको छैन। सरकारमा सहभागी आफ्नो पार्टीका मन्त्रीलाई भने फिर्ता आउने निर्देशन दिइसकेको छ।