एमालेले माधव नेपालसहित चार नेतालाई पठायो स्पष्टिकरण पत्र

काठमाडाैं, चैत ९ : नेकपा एमालेले वरिष्ठ नेता मधव नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्दै पत्र पठाएको छ। महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको स्पष्टीकरण पत्र एमालेले नेता नेपालसहित उपाध्यक्ष भीम राखवल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पठाएको हाे।

वरिष्ठ नेता नेपाल र स्थायी कमिटी सदस्य पाण्डे स्पष्टीकरण पत्र बुझेको बताइएको छ भने उपाध्यक्ष रावल र उपमहासचिव भुसालले पत्र बुझेका छैनन्। पत्रमा ती दिनभित्र जवाफ दिन भनिएको छ ।

शनिबार बालुवाटारमा बसेको प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली निकट केन्द्रीय सदस्यहरुको बैठकले पार्टीहितविरुद्ध काम गरेको तथा पार्टी नेतृत्व र सरकारलाई बद्नाम गराउन गुटगत भेला गरेको आरोप लगाउँदै नेपालसहित रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।