ट्रकको ठक्करले मुख्यमन्त्रीको पिएसओको मृत्यु

जनकपुरधाम, चैत १३ : धनुषामा ट्रक र मोटरसाइकल ठोक्किँदा प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ।
धनुषाको मिथिला नगरपालिका-१० लालगढस्थित मोडल अस्पतालनजिक शुक्रबार बिहान ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मुख्यमन्त्री कार्यालयमा कार्यरत प्रहरी सहायक निरिक्षक मदनजंग कापरको मृत्यु भएको हो ।
शुक्रबार बिहान करिब साढे दुई बजेतिर ट्रकले प्रहरी सहायक निरीक्षक कापर चढेको लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ड्युटी सकेर घर फर्किने क्रममा उनी चढेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
कापर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पिएसओको रूपमा कार्यरत थिए।