माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता’bout निर्णय हुन सक्ने

काठमाडौं, चैत्र २२ : नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दै छ।

कोटेश्वरस्थित पार्टी कार्यालयमा बस्ने  बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था तथा सत्ता सहकार्यका विषयमा छलफल हुने जनाईएको छ । आजको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता’bout पनि निर्णय हुन सक्ने बताईएको छ ।

गतबिहीबार सम्पन्न माओवादी केन्द्रको अनौपचारिक स्थायी कमिटी बैठकले केही दिनमै औपचारिक बैठक बोलाउने निर्णय गरेको थियो।

यस्तै बैठक विशेषगरी प्रमुख प्रतिपक्षी दल कांग्रेसले सत्तामा जाने निर्णय गरेपछिको राजनीतिक अवस्था’bout छलफलमा केन्द्रित हुने बताइएको छ।