शिवपुरी नागार्जुनको आगो निभाउन हेलिकप्टरबाट पानी फालियो

काठमाडौं, चैत २९ : काठमाडौंस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रणमा लिन हेलिकप्टरको प्रयोग गरिएको छ
बुढानिलकण्ठ नगरपालिका–१ तौलुङबाट सुरू भएको आगलागी नियन्त्रणबाहिर गएपछि सिम्रिक एयरको हेलिकप्टरबाट पानी फालेर निभाउने प्रयास भइरहेको निकुञ्जले जनाएको छ । सुन्दरीजलबाट पानी लिएर आगलागी निभाउने प्रयास भइरहेको छ।
आगलागी नियन्त्रणका लागि प्रहरी, सेना, सशस्त्र प्रहरी र निकुञ्जका गरी दुई सय जना खटिएका थिए । जमिनबाट आगो नियन्त्रण गर्न नसकिएपछि हेलिकप्टर प्रयोग गरिएको हो।