गृहमन्त्री बादलको गुम्यो सांसदसँगै मन्त्री पद

काठमाडौं, वैशाख ५ : गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रिय सभा सदस्यसँगै मन्त्री पद गुमेको छ ।

नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएपछि उनको सदस्यसँगै मन्त्री पद गुमेको हो ।  संसद सचिवालयले आइतवार एक सूचना निकालेर थापाको पद रिक्त भएको जनाएको छ।

थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सांसद बनेका थिए। अदालतको फैसलाबाट नेकपा छुट्टिएर साविकको पूर्वएमाले र पूर्वमाओवादीमा रूपान्तरण हुँदा थापाले एमाले रोजेका थिए। थापाले संविधानअनुसार सांसद पद गुमेपछि अब फेरि मन्त्री बन्नका लागि पुनः सपथ लिनुपर्ने छ।