ह्यास फोटो नेपालमा बारपाक

नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गर्ने गरेको फोटो नेपाल प्रदर्शनी यस पटक बारपारका फोटाहरुको अनलाइन प्रदर्शनी हुने भएको छ । २०७२ सालको विनासकारी भुकम्पको केन्द्रबिन्दु  कारणले राष्ट्रिय-अन्तराष्ट्रिय रुपमा चर्चा पाएको  बारपाक पर्यटकीय गाउँ हो । सो ठाउँको प्रचार-प्रसार सगै भूकम्प स्मृतिको सन्दर्भ पारेर अनलाइन फोटो प्रदर्शनी गर्न लागिएको हो ।

आफ्नो तस्बिर प्रदर्शन गर्न चाहनुहुनेले फोटो पठाएर सहभागी हुन सकिने र सहभागी हुन चाहनेका लागि फोटो खिच्ने तरिका ’boutको प्रशिक्षण  समेत आयोजना गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले बताउनु भएको छ ।

फोटो पठाउने लिङ्क  https://docs.google.com/forms/d/1PlmhVbuVOd2B92CZocje6S037roz7XvaghwhQERIM2Y/edit

प्रकृति, संस्कृति लगायत आकर्षण समावेश गरिएको फोटोहरुको प्रदर्शनी नेपाल पर्यटन बोर्डले नियमितरुपमा आयोजना गरिरहेको ह्यासट्याग फोटो नेपाल प्रदर्शनी अन्तरगत बारपाक सुलिकोटको प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्व उजागर गर्ने उदेश्यका साथ विभिन्न अनलाइन कार्यक्रमहरुको आयोजना गरिएको छ। प्रदर्शनी वैशाख १०बाट  शुरु हुदैंछ। उक्त प्रदर्शनीमा बारपाकलाई पहिचान दिने ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थलहरु, बारपाकलाई चिनाउने पूर्वाधार, कृषि उत्पादन, विभिन्न जातजातिका भेषभूषा, संस्कृतिलगायत बारपाकका रमणीय दृष्यावलोकन गर्न सकिने स्थलहरु, पर्यटकलाई आकर्षित गर्ने बस्तुका तस्बिर राखिने छन् ।

३ ओटा उत्कृष्ट फोटाहरुलाई पुरस्कृत गरिनेछ। प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई ८ हजार र तेस्रो हुनेलाई ५ हजारको समेत व्यवस्था गरिएको छ।  फोटो प्रदर्शनी वैशाख २२ सम्म हुने र साथै  बारपाक सुलिकोट गाउँपालिकाको भर्चुअल टुर कार्यक्रम समेत आयोजना गरिनेछ ।

बारपाक सुलिकोट गाउँपालिकाको भर्चुअल टुर कार्यक्रममा सहभागी हुन

बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टले हिमालको काख रहेको एउटा पुरानो लाहुरेहरुको बस्ति बारपाक २०७२ सालको विनासकारी भुकम्पको केन्द्रबिन्दु  कारणले राष्ट्रिय-अन्तराष्ट्रिय रुपमा चर्चाको शिखरमा छ । बारपाकसँग नाम जोडिएको बारपाक गाउँपालिका एउटा महत्वपूर्ण सम्पत्ति को रुपमा रहेको छ। बारपाक गाउँको कला संस्कृति र यसको पर्यटकीय आयामहरु उजागर गर्न गरिएको अनलाइन कार्यक्रम प्रति गाउँपालिकाको तर्फबाट यस्ता कार्यक्रमहरुलाई प्रोत्साहन गर्न, थप विस्तार गर्न र योगदानको कदर गर्न पर्ने र गर्न सकिने बिषयहरुमा सहयोग गर्न ग सकिने बताउनुभयो।

बारपाक पहिले देखि नै एउटा आन्तरिक एवं बाह्य पर्यटनको स्थल हो र त्यस बेला देखि खिचिएका फोटोहरु प्रदर्शनी मार्फत सार्वजनिक गर्न सकिने र फोटो ग्राफरहरुलाई उचित कदर गर्न सकिने बताउनुभयो। बारपाक पर्यटनलाई टेवा पुर्याउन गर्न लागिएको बारपाक एमटीबी च्यालेन्ज साइकल रेस  अर्को वर्ष  २०२२ मा गरिने जानकारी समेत दिनुभयो।

बारपाक सुलिकोट गाउँपालिका, बारपाक मित्रता समाज, स्टोरी साइकल, ब्रिटिश काउन्सिल र नेपाल पर्यटन बोर्डसँग मिलेर बारपाक सुलिकोट गाउँपालिकाको अनलाइन पहुँच बढाउन विभिन्न अनलाइन कार्यक्रमहरु गरिदैंछ।