बिहीबार बेलुकी ओली र गौतमबीचको ‘डिनर मिटिङ’ मा के कुरा भयो ?

बिहीबार बेलुकी ओली र गौतमबीच ‘डिनर मिटिङ’ मा ओलीसँग भएका कुराकानी’bout शुक्रबार बिहान गौतमले प्रेस सल्लाहकार विश्वमणि सुवेदीमार्फत् आफ्ना कुरा सार्वजनिक गर्दै गत फागुन २८ को निर्णय फिर्ता लिन आफूले ओलीसँग आग्रह गरेको बताएका छन्।

‘हिजो बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कमरेड केपीसँग डिनर मिटिङ भयो। उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो,’ गौतमले भनेका छन्, ‘मैले गत फागुन २८ गते तपाईंले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेँ। उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो। त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिए।’ गौतमले थपेका छन्, ‘डिनर चल्दै थियो, नमस्कार गरेर म बिदा भएँ।’