आज प्रधानमन्त्रीले धरहराको उद्घाटन गर्दै
३ अर्ब ४५ करोडको लागतमा निर्माण भएको आधुनिक धरहरा आज उद्घाटन गरिँदै छ ।
२०७२ वैशाख १२ गते गएको भूकम्पले धरहरा भत्किएको थियो। ६ वर्षपछि यसको पुनर्निर्माण गरिएको छ।
पुनर्निर्माण गरिएको धरहरा २२ तलाको छ। यसअघि नौ तलाको रहेको थियो।
धरहरा पुनर्निर्माणमा तीन अर्ब ४८ करोड खर्च भइसकेको छ। अझै केही काम बाँकी रहेको पुनर्निर्माण प्राधिकरणले जनाएको छ।
धरहरामा दुई वटा लिफ्ट पनि रहेका छन्। माथि उक्लिनलाई सिँढीको व्यवस्था गरिएको छ।
प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको प्राधिकरणले जनाएको छ

