कोरोना संक्रमित पूर्वराजदम्पती अस्पताल भर्ना
कोरोना संक्रमण भई निर्मल निवासमै आइसोलेसनमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह अस्पताल भर्ना भएका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि शाह दम्पती आज (शनिबार) दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएको पूर्वराजा शाहको सचिवालयले जनाएको छ।
शाह दम्पतीमा वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसअघि उनीहरू भारतको हरिद्वार भ्रमण गएका थिए। त्यहाँबाट फर्किएपछि उनीहरूले कोरोना परीक्षण गराएका थिए।