काठमाडौंमा एक हजार एक सय ३२ सहित थप ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, वैशाख १२ : पछिल्लो २४ घण्टामा थप तीन हजार एक सय २२ जना कोरोना संक्रमित थपिएका छन्। 

पीसीआर विधिबाट तीन हजार ३२ र एन्टिजेन विधिबाट ९० गरी कुल तीन हजार एक सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

यस्तै भक्तपुरमा ९६, ललितपुरमा दुई सय ७० र काठमाडौंमा एक हजार एक सय ३२ गरी उपत्यकामा मात्रै एक हजार चार सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

अहिले देशभरी ६९ जना क्वारेन्टाइनमा रहेका छन्। यस्तै, गत २४ घण्टामा चार सय ५० जना डिस्चार्ज भएका छन् भने देशभर सक्रिय संक्रमितको संख्या १९ हजार तीन सय ८२ रहेको छ।