कोरोनाबाट ४५२४ संक्रमित, १८ जनाको मृत्यु

काठमाडौं, १४ वैशाख: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमण पछिल्लो २४ घण्टामा थप ४५२४ जनामा पुष्टि भएको छ । १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो । भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ ।