मन्त्री थापालाई कोरोना संक्रमण

काठमाडौं, वैशाख १७ : खानेपानी तथा सरसफाई मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । 

पीसीआर परीक्षणमा थापालाई कोरोना पोजेटिभ पुष्टि भएको हो। थापाले छोरीलाई कोरोना संक्रमण भएपछि बिहीबार पिसिआर परिक्षण्का लागि स्वाब दिएका थिए । छोरीलाई कोरोना संक्रमण पुष्टि भएपछि थापा केही दिनदेखि होम आइसोलेसनमा बसेका थिए ।