धौलागिरीमा दुई शव र एउटा हेलिकप्टर भेटियो, अहिलेसम्म विभिन्न हिमालबाट ५१५४ किलो फोहोर संकलन

काठमाडौं, वैशाख १७ : कोरोनाको महामारीका बीच नेपाली सेनाले हिमालको सरसफाइका लागि ‘माउन्टेन क्लिनिङ क्याम्पेन २०२१’ अभियान सुरु गरेको छ। 

उक्त अभियान वैशाख ४ गते देखि सुरु गरिएको हो। गत बुधबारसम्ममा अभियान्ताहरूले सगरमाथामा ६ सय ३६, मकालुमा २ सय १० र अमा दब्लममा ८० किलोग्राम फोहोर संकलन गरिसकेको थियो। सरसफाईको क्रममा बिहीबार धौलागिरीमा दुई शव सहितको एउटा हेलिकप्टर भेटिएको छ। 

यस्तै अहिलेसम्म कुल ५ हजार १५४ किलोग्राम फोहोर संकलन गरिसकेको नेपाली सेनाले जनाएको छ। जसमध्ये ३ सय ५५ किलोग्राम बायोडिग्रेडेबल र ४ हजार ७९९ किलोग्राम नन्–बायोडिग्रेडेबल फोहोर रहेको छ।